काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संविधान संशोधनको प्रस्ताव आजको संसदको कार्यसूचीबाट हटाएकोमा आपत्ति जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने तर फिर्ता गर्दा दोष लगाउने भन्दै नेकपाका नेतालाई प्रश्न गरेका छन् ।
शर्माले ट्वीटरमा लेखेका छन्, ‘प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने ? को गर्दैछ यो षड्यन्त्र ?’
प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गर्दै उनले कांग्रेसले संविधान संशोधनको प्रक्रिया सुरु गर्न भनिसकेको पनि दाबी गरे ।
प्रदेश ५ का मुख्यमन्त्री शंखर पोखरेलले कांग्रेसका कराण संविधान संशोधन प्रस्ताव आजको कार्यसूचीवाट हटेको दाबी गरेका छन् । उनले भनेका थिए, ‘संशोधन प्रस्ताव आजको कार्यसूचीवाट फिर्ता भएको होइन । आशा गरौं ,नेकांको साथमा प्रस्ताव छिट्टै पास हुनेछ ।’
उनले लेखेका छन्, ‘प्रक्रिया सुचारु गर्नोस्, केन्द्रीय समितिको बैठक बसेर बसेर संस्थागत निर्णयकासाथ नयाँ नक्सा र संशोधनको पक्षमा उभिने जानकारी सर्वदलीय बैठकमै दि’सकेका छौँ । यसमा हामी चट्टानी रुपले दृढ छौं र रहन्छौं ।’
त्यस्तै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सम्भावित कार्यसूचीबाट संविधान संशोधनको विषय हटाउने र उल्टै प्रतिपक्षीलाई आरोप लगाएकोमा आपत्ति जनाएका छन् ।
त्यस्तै कांग्रेस सांसद गगन थापाले परिवर्तित नक्सालाई संविधानको अंग बनाउन प्रस्तुत संसोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको बताएका छन् ।
उनले सभापति शेरबहादुर देउवालाई भोलि नै वैठक बोलाएर औपचारिकता पूरा गर्न आग्रह गरेका छन् ।
‘फास्ट ट्रयाकबाट संविधान संसोधन पारित गरौं’, उनले भनेका छन् ।




प्रतिक्रिया