नेकपाबाट धरानको मेयरमा तीन जनाको नाम सिफारिस


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान कमिटीले मेयरका उम्मेदवारका लागि तीन नाम सिफारिस गरेको छ ।

धरान कमिटीको शुक्रबार बसेको बैठकले प्रकाश राई, फोक्वाहाङ चोत्लुङ (सुब्बा) र वेणु काफ्लेको नाम सिफारिस गरेको हो । जिल्ला, प्रदेश हुँदै केन्द्रीय कमिटीले उम्मेद्धवारको टुंगो लगाउने नेकपा धरान कमिटी अध्यक्ष नारायण सुवेदीले बताए ।

बैठकमा मेयरका सबै आकांक्षीहरुलाई सहभागी नगराइ एकलौटी निर्णय गरिएको प्रदेश सदस्य विजय राईले बताए । नेकपामा प्रधानमन्त्री समेत रहेका ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल पक्षधरको विवादका कारण उम्मेदवार छनौट लम्बिएको थियो ।

बैठकले सिफारिस गरेका राई र काफ्ले नेपाल पक्षका हुन भने चोत्लुङ प्रचण्ड पक्षका हुन् । मेयरका शसक्त दावेदार ओली पक्षधर विजय र प्रचण्ड पक्षकै अइन्द्रविक्रम बेघाको नाम भने सिफारिस भएन ।

प्रतिक्रिया दिनुहोस
Advertisement