निर्वाचन आयोगको निर्णयमाथि प्रचण्ड–नेपाल समूहको असन्तुष्टि, आफूहरु नै आधिकारिक भएको दाबी

निर्वाचन आयोगको निर्णयमाथि प्रचण्ड–नेपाल समूहको असन्तुष्टि, आफूहरु नै आधिकारिक भएको दाबी


काठमाण्डुु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले निर्वाचन आयोगको निर्णयबारे असन्तुष्टी जनाएको छ ।

प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐनलाई लिएर उचित निर्णयमा जानु उपर्युक्त हुने बताए । उनले आफूहरु नै आधिकारिक पार्टी भएकाले निर्वाचन आयोग दुविधामा बस्न नहुने स्पष्ट पारेका छन् ।

‘हामी निर्वाचन आयोगको आधिकारिक पत्रको प्रतिपक्षा गरिरहेका छौं । दलको ऐनले स्पष्ट गरेको सन्र्दभमा सही ढंगले निर्णयमा जानु उपर्युक्त हुन्थ्यो । त्यसो किन गरिएन भन्ने प्रश्न हाम्रो छ । हाम्रो पार्टी नै आधिकारिक पार्टी भएको विषयमा कुनै दुविधा छैन् र आयोगले त्यो फैसला गर्नेछ भन्ने कुरामा दुविधा छैन्’उनले भने, ‘आयोगको पत्र पाएपछि आवश्यक कदम उठाउँछौं र आवश्यक निर्णय गरेर अगाडि बढ्छौं ।’

निर्वाचन आयोगको आइतबार बसेको बैठकले नेकपालार्य फुट्नका लागि कानूनी मान्यता दिन अस्वीकार गरेपछि प्रचण्ड–नेपाल समूहले असन्तुष्टी जनाएको छ । आयोगले प्रचण्ड–नेपाल र ओली समूहले गरेका पछिल्ला गतिविधि नमान्ने निर्णय गरेको हो ।