काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी काठमाण्डु जिल्ला अन्तर्गतको महानगर समितिले लकडाउनका कारण समस्यामा परेका नागरिकलाई सहजीकरण गर्ने भएको छ ।
शुक्रबार बसेको समितिको बैठकले र निषेधाज्ञाका कारण अफ्ठ्यारोमा परेका सर्वसाधारणका लागि कोरोना परीक्षण, आइसोलेसन र उपचारमा सहजीकरण तथा संकट व्यवस्थापन गर्न सहजीकरण गर्ने निर्णय गरेको हो ।
समिततिले पहिलो प्राथमिकतामा सहिद परिवार, घाइते र पुर्णकालिन नेता कार्यकर्तालाई राखेको छ । भर्चुअल माध्यमबाट सम्पन्न बैठकमा सबैले आआफ्नो कार्यक्षेत्रको रिपोर्ट गरेका थिए । बैठकले पार्टीमा आवद्ध कसैलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए, परिक्षण गर्नुृ परेमा तथा उपचार गर्नुपर्ने अवस्थामा सहजीकरण गर्ने निर्णय गरेको इन्जार्च सौगातले जानकारी दिए ।
जनवर्गीय संगठनहरुले सापेक्षतामा राजनैतिक वैचारिक प्रशिक्षण चलाउने निर्णय गर्दै संयोजक र अध्यक्षलाई जिम्मा पनि दिइएको छ । पार्टीले उठाएका जनजिवीकाका सवाल, जनतन्त्रका सवाल र राष्ट्रियताका सवालमा सामाजिक सञ्जालमा व्यापक प्रचारप्रसार गर्नुको साथै पार्टीले विभिन्न बैठकमा तय गरेकमा नाराहरुलाई पनि व्यापकतामा प्रचारप्रसार गर्ने निर्णय समेत बैठकले गरेको थियो ।




प्रतिक्रिया