काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । बिहीबारका लागि बोलाइएको स्थायी समिति बैठक स्थगित भएको हो ।
नेकपाका महासचिव बिष्णु पौडेलले भोलिका लागि बोलाइएको बैठक केही समयपछि सार्न दुई अध्यक्ष सहमत भएको बताए ।
महासचिव पौडेलले समयमा प्रस्ताव तयार गर्न नसकेको बताउँदै प्रस्ताव तयार गरेर बैठकको मिति तय हुने जानकारी दिए ।
आज बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बैठकको प्रस्ताव तयार पार्न समय अपुग भएको बताएपछि बैठक स्थगित भएको हो ।




प्रतिक्रिया