असोजभित्र पार्टी एकताका काम टुंगोमा पुर्याउने ओली र प्रचण्डबीच सहमति

असोजभित्र पार्टी एकताका काम टुंगोमा पुर्याउने ओली र प्रचण्डबीच सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शमौ ओली र पुष्पकमल दाहाल प्रचण्डबीच हप्तादिनभित्र पार्टी एकताका बाँकी काम टुंगोमा पुर्याउने सहमति भएको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा दुवै अध्यक्षले यही हप्ता भित्र पार्टी एकताका बाँकी काम टुंगोमा पुर्याउने सहमति गरेका हुन् ।

०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदा तीन महिनाभित्र एकताका काम टुंगोमा पुर्याउने सहमति भएको थियो । तर, अझै पनि ३ आयोगसहित ३२ विभागको एकता प्रक्रिया टुंगोमा पुग्न सकेको छैन् ।

बुधबार बसेको सचिवालय बैठकले पार्टी एकताका बाँकी काम टुंगोमा पुर्याउन दुवै अध्यक्षलाई जिम्मा दिएको थियो । सोहीअनुसार अध्यक्षद्वय अ‍ोली र प्रचण्डबीच छलफलमा जुटेका हुन् ।