नेकपाको आम्दानी मासिक १० करोड, को बाट कति ?

नेकपाको आम्दानी मासिक १० करोड, को बाट कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पार्टी सदस्यबाट उठ्ने लेभीबाटै सत्तारुढ दल नेकपाले मासिक १० करोड रूपैयंँभन्दा बढी आम्दानी गर्ने देखिएको छ ।

पार्टीका संगठित सदस्यबाट मासिक सय रूपैयां र साधारण सदस्यबाट मासिक २० रूपैयांका दरले लेभी उठाउने गरी पार्टी विधानको नियमावली बनाएपछि नेकपाले लेभीबाटै करोडौं रकम आम्दानी गर्ने भएको छ ।

समाचार अनुसार ‘विधानअनुुसार पार्टी सदस्यको वर्गीकरण गरिएको छ र त्यही आधारमा नियमावलीमा सदस्यता, नवीकरण शुुल्कको व्यवस्था गरिएको छ’, नियमावली तयार पार्न गठित कार्यदलका सदस्य तथा नेकपाका स्थायी समिति सदस्य वेदुुराम भुुसालको भनाई छ ।
आजको अन्नपुर्ण पोष्टले यो खबर छापेको छ ।