हल्लाको पछि नलागौं, उपसभामुखको राजीनामा माग्ने कुरा भएको छैन : अध्यक्ष प्रचण्ड

हल्लाको पछि नलागौं, उपसभामुखको राजीनामा माग्ने कुरा भएको छैन : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुखको राजीनामा माग्ने छलफल पार्टीभित्र नभएको बताएका छन् ।

बिहीबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन लगाएर नयाँ सभामुख र उपसभामुख चयन प्रक्रिया सुरू गर्ने नेकपाको तयारी रहेको समाचार आएपछि प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘हल्लाको पछि नलगौं, पार्टीभित्र उपसभामुखको राजीनामा माग्ने कुरा भएको छैन, मिडियामा त के के आउँछ आउँछ’ अध्यक्ष प्रचण्डले भने ।
सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासको अभियोग लागेपछि सभामुख पद रिक्त छ ।