नेकपाकै नेतृत्वमा पांच वर्ष सरकार, सरकारले अव् गति पकड्छ : प्रचण्ड


जनकपुरधाम –सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको सरकार पांच वर्ष नै चल्ने बताएका छन् ।

संचारकर्मीले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार पांच वर्ष चल्छ भन्ने प्रश्नमा नेकपाको नेतृत्वमा भन्ने कुटनीतिक जवाफ दिएका थिए । वरिष्ठ नेता माधवकुमार नेपालसंगै जनकपुर आइपुगेका प्रचण्डले ओली नेतृत्वको सरकारको सट्टा नेकपाको नेतृत्वमा पांच वर्ष चल्ने बताए ।

प्रधानमन्त्री ओलीले आईतबार संसदमा ५ वर्षसम्म आफू नै प्रधानमन्त्री रहने संकेत गरेका थिए । प्रचण्डले सरकारले ब गतिका साथ काम गर्ने दाब गरे । पहिलो वर्ष भएकाले सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको प्रचण्डले स्विकारे । वरिष्ठ नेता नेपालले पार्टी एकता गर्दा वरिष्ठ नेताहरु छुटेकाले उनीहरुलाई पनि समेटेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस
Advertisement