कम्युनिष्टहरु सामूहिक भन्दा व्यक्तिगत निर्णयतर्फ केन्द्रित भए : अध्यक्ष प्रचण्ड


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञानलाई आत्मसाथ गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बैज्ञानिक र विज्ञानसँग आत्मसात गरेर अघि बढ्न सकेमात्रै प्रतिगमनलाई हराउन सकिने बताए । उनले कम्युनिष्टहरुमा बैचारिक विचलन आउन थालेकोमा चिन्ता प्रकट गरे ।

उनले भने, ‘कम्युनिष्टहरुमा बैचारिक विचलन आएको छ । सामुहिकता भन्दा व्यक्तिगत निर्णयणतर्फ केन्द्रीत भएको महशुस भएको छ । यसलाई परिवर्तन गर्नुपर्छ ।’

उनले पार्टी एकतामा केही ढिला भएपनि धेरै कामहरु सकिएको बताए । ‘पार्टी एकता केही ढिलो त भयो तर, लगभग टुङ्गिएको छ । अव समाजवादउन्मुख गराउने प्रकृयामा हामी लागेका छौं’ उनले भने ।

उनले कम्युनिष्टहरु सत्तामा नपुग्दासम्म जनताको पक्षमा लाग्ने भएपनि सत्तामा पुगेपछि त्यसलाई विर्सदै जाने प्रवृति आएको भन्दै राष्ट्र र जनताको चाहाना बुझेर काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement