काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज (बिहीबार) देखि दैनिक भेटघाट कार्यक्रम स्थगित गरेका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को कारण प्रचण्डले आजदेखि अत्यावश्यक अवस्था बाहेकका सबै भेटघाट अनिश्चित कालको लागि स्थगित गरेका छन् ।
अध्यक्ष प्रचण्ड अत्यावश्यकबाहेकका सबै भेटघाट बन्द गरिएको अध्यक्ष प्रचण्डको निजी सचिवालय प्रमुख समेत रहेकी छोरी गंगा दाहालले जानकारी दिइन् ।
‘विश्वभर महामारीका रुपमा फैलिदै गएको कोरोना भाईरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पुर्ण भेटघाट(अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।




प्रतिक्रिया