सरकारको निर्णयलाई पालना गरी कोरोनाको सामना गरौं :अध्यक्ष प्रचण्ड

सरकारको निर्णयलाई पालना गरी कोरोनाको सामना गरौं :अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी निर्णयलाई पालना गर्न आग्रह गरेका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले वश्वव्यापी रुपमा महामारीको फैलिएको किोरोना संक्रमणविरुद्ध सरकार र पार्टीले लिएका नीतिगत तथा व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गरेर कोरेनाविरुद्ध लड्न सबैमा आग्रह गरेका हुन् ।

केही दिनयता भेटघाट सीमित गरी घरभित्रै बसिरहेका उनले आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्थालाई सहज तुल्याउने गरी पहल बढाउन सरकारलाई आग्रह गरेका छन् । ‘राष्ट्रिय एकता र उच्च मनोबलका साथ महामारीको सामना गर्नुपर्छ,’ प्रचण्डले विज्ञप्तिमा भनेका छन् ।