कांग्रेसका नेता कार्यकर्ताहरुका बीचमा आउँदा सहयात्रीहरुकै बीचमा आए जस्तो अनुभव भयो : अध्यक्ष प्रचण्ड

कांग्रेसका नेता कार्यकर्ताहरुका बीचमा आउँदा सहयात्रीहरुकै बीचमा आए जस्तो अनुभव भयो : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसका नेता कार्यकर्ताहरुका बीचमा आउँदा सहयात्रीहरुकै बीचमा आएको जस्तो अनुभव भएको बताएका छन् ।

आइतबार नेपाली कांग्रेसले दशैँ, तिहार, छठ जस्ता चाडपर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको मनोबल बढ्दै गएको आफूले पाएको बताउँदै इतिहास र संस्कृतिप्रति कांग्रेसको प्रतिवद्धता बढ्दै गरेकोमा खुशी व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले राजनीतिमा असम्भव भन्ने केही नहुने भन्दै असम्भव कुरालाई पनि दलहरुको सहकार्यले र एकताले सम्भव बनाएको बताए ।

‘स्वर्गीय गिरिजाप्रसाद कोइराला र मबीच भएको शान्ति सम्झौताले असम्भवलाई सम्भव तुल्याएको छ’ प्रचण्डले भने, ‘हेर्दै जाउँ राजनीतिले कसरी कोल्टे फेर्छ ।’ उनले त्यतिबेला लिएका संकल्प र प्रतिवद्धताप्रति दृढ रहने र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दायित्व रहेको बताए ।