त्याग र बलिदानीको हजारौं किर्तिमान कायम गरेर कम्युनिष्टले सत्ता पाएका हौं : अध्यक्ष प्रचण्ड

त्याग र बलिदानीको हजारौं किर्तिमान कायम गरेर कम्युनिष्टले सत्ता पाएका हौं : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्याग तपस्याका हजारौं कीर्तिमान कायम गरेर कक्युनिष्टले सत्ता हात पारेको बताएका छन् ।

नेकपा पार्टी कार्यालय मोरङमा शुक्रवार आयोजित चियापान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीले पाएको सत्ता कसैले दयामाया गरेर नदिएको बताउँदै कम्युनिष्टहरु यो ठाउँसम्म आउनुमा आफुहरुको त्याग र बलिदानीको ठूलो भूमिका रहेको बताए ।

‘हामी अहिले जुन ठाउँमा छौं, त्यो कसैले माया गरेर दिएको होइन,’ प्रचण्डले भने, ‘सत्ता हामीले रातदिन लडेर प्राप्त गरेका हौं । यो ठाउँसम्म आइपुग्न कतिले आफ्नो जिवन बलिदान दिएका छन् । हामीले विभिन्न खालका समस्याहरूसँग जुधेर, त्याग तपस्याका हजारौं कीर्तिमान कायम गरेर प्राप्त गरेका हौं । कसैले दयामाया गरेर दिएको चिज होइन ।’

अध्यक्ष प्रचण्डले पार्टी एकताका बाँकी कामहरु चाडै नै पुरा हुने बताए । ‘चाडै नै प्रधानमन्त्री र म दुई चारघण्टा छलफलमा बस्छौ र एकताका सम्पूर्ण प्रक्रियाहरू छुंग्याउँछौं ।’