भारतसँग सहकार्य गर्नु जरुरी छ : अध्यक्ष प्रचण्ड

भारतसँग सहकार्य गर्नु जरुरी छ : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सीमावर्ती क्षेत्रमा हुने डुबानसम्बन्धी समस्या समाधान गर्न भारत सरकारसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

जिल्ला विपद व्यवस्थापन समितिद्धारा आज आयोजित छलफलमा बोल्दै उनले नेपालमा बाँधका कारण उत्पन्न हुने समस्या समाधानका लागि दुवै देश मिलेर जनताको हितमा कार्य गर्नु आवश्यक रहेको बताए ।

नेपालमा प्रत्येक वर्ष वर्षाको समयमा आउने बाढीबाट ठूलो जनधनको क्षति हुने गरेको बताउँदै उक्त समस्या समाधानका लागि भारत सरकारसँग सहकार्य गरेर अघि बढ्नु पर्ने बताए । अध्यक्ष प्रचण्डले प्रदेश नं २ मा बाढीबाट पीडित जनसमुदायका लागि नेपाल सरकारले पहल गरिरहेको र एउटा प्याकेजसहित आउने सरकारको तयारी भइरहेको जानकारी दिए ।

भारततर्फ सीमामा बन्ने तटबन्ध तथा बाँधका कारण सबभन्दा बढी समस्या प्रदेश २ मै हुने गरेकोले सरकार यहाँको समस्या समाधानका लागि गम्भीर रहेको बताए ।

उनले भने, ‘प्रदेश २ मा बाढी मात्र नभई शितलहर, आगलागी, तातो हावा लगायतका कैयौं प्राकृतिक विपदहरू प्रत्येक वर्ष आउने गर्छन्, ‘यी प्राकृतिक विपदहरूको चुरो के हो, यसको दीर्घकालीन समाधान के हुन सक्छ यस विषयमा सबै पक्षले गम्भीर भएर छलफल गर्नु आवश्यक छ ।’