बाेलेर मात्र देशको विकास हुँदैन, मिठा-मिठा कुरा गर्नु अर्थहिन : अध्यक्ष प्रचण्ड

बाेलेर मात्र देशको विकास हुँदैन, मिठा-मिठा कुरा गर्नु अर्थहिन : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलेर मात्र देशको विकास नहुने बताएका छन् । कम्युनिस्ट नेतृ सहाना प्रधानको पाचौं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले हामीबाट जनताले कामको अपेक्षा गरेको बेला मिठा मिठा कुरा मात्र गर्नु यसको अर्थ नहुने बताएका हुन् ।

‘भन्न त मिठा मिठा कुरा भन्न सकिने रहेछ, तर त्यसको अर्थ छैन,’ प्रचण्डले भने, ‘विकासको मूल फुटाउने कुरा त हिजो राजा महाराजाले पनि गरेका थिए तर के भयो ? तर मूल त फुटेन नी । अहिले पनि जनताले हामीबाट कामको अपेक्षा गरेका छन् । बोलेर मात्र देश अघि जाँदैन ।’

नेकपाले देशलाई नयाँ युगतिर लैजाने र समाजवादी क्रान्तिको तयारी गर्ने काम गरिरहेको बताउँदै प्रचण्डले पार्टी पुनः अर्को आन्दोलन र मिसनमा जानुपर्ने भन्दै प्रचण्डले त्यसका लागि विशाल फौज बनाउनुपर्ने उनको भनाई छ । नयाँ समाजवादी व्यवस्था र संस्कृति स्थापना गरी कम्युनिष्ट पार्टीलाई जनताको सेवकका रूपमा स्थापित गर्न नयाँ मिसन र उद्देश्यका साथ आन्दोलन गर्नुपर्नेमा प्रचण्डले जोड दिए ।