काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोलखाका सांसदलाई मन्त्रिपरिषद् पुनःगठन हुँदा मन्त्री बनाउने बताएका छन् ।
जिरी नगरपालिकाको नवनिर्मित कार्यालय भवनको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले प्रदेशको राजधानी दोलखाजस्तो जिल्ला विकासमा पछि पर्नु नपर्ने बताउँदै प्रचण्डले दोलखाका सांसद्लाई मन्त्री बनाउने आश्वासन दिएका हुन् ।
‘सांसद देवी खड्का र पार्वत गुरुङले दोलखा जिल्लाले सङ्घ र प्रदेशमा समेत मन्त्री पाउन नसकेको गुनासो गर्नुभयो । मन्त्री नहुँदा नै विकासमा पछि पर्नु नपर्ने हो, समानुपातिक विकास हुनुपर्ने हो । हुनत देशविदेशको ध्यान पुगेको दोलखाका जिल्लाबाट सरकारमा प्रतिनिधित्व गर्ने कोही पनि नहुँदा दुख लागेको छ । तर चिन्ता लिनु पर्दैन । मन्त्रिपरिषद् पुनःगठन हुँदा दोलखाले मन्त्री पाउनेछ ‘ उनले भने ।
साढे तीन करोड लागतमा नगरपालिकाले आफ्नो भवन निर्माण गरेको बताउँदै दाेलखामा सडक स्तरउन्नती, विमानस्थल सञ्चालन र पर्यटकीय पूर्वाधार निर्माणमा पहल गर्ने दाहालले प्रतिवद्धता जनाए ।




प्रतिक्रिया