साहित्यबाट समाजलाई बुझ्दाबुझ्दै अर्धपागल भएर विद्रोहमा होमिएँ : अध्यक्ष प्रचण्ड


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु जनयुद्धमा होमिनु अघि आफुलाई साहित्य खुबै मन पर्नेे बताएका छन् ।

शुक्रबार राजधानीमा ‘शमी’ मासिक साहित्यिक पत्रिका तथा ‘झरीको सौन्दर्य’ निबन्धसंग्रह लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले आफु मेट्रिक पास गरेर कलेज जाने बेला महिनौंसम्म बाहिर ननिस्की किताब पढेर बस्ने गरेको बताए ।

उनले भने, ‘म पनि कविता लेख्थें । नाचगानमा रूची थियो । किताबहरु पढेर बस्थेँ, साहित्यबाट समाजलाई बुझ्दाबुझ्दै अर्धपागल भएर विद्रोहमा गएँ ।’ सामाजिक विकृति र विसंगति सहन नसकेर आफू विद्रोहमा गएको बताए ।

अध्यक्ष प्रचण्डले आफूले विद्रोहको नेतृत्वको गरे पनि हिंसात्मक गतिविधिमा आफू सहभागी नभएको प्रष्ट पारे । ‘म त्यस्तो विद्रोही नेता हुँ जसलाई कसैलाई एक झापट हानेको पनि छैन र कसैको एक झापट खाएको पनि छैन’, मेरो नेतृत्वमा यत्रो युद्ध भयो, हजारौँको बलिदान भयो । तर त्यसको कमाण्डर म जसको हिंसात्मक क्रियाकलापमा प्रत्यक्ष सहभागिता छैन ।’

उनले मान्छेहरुलाई यो कुरा पत्याउन गारो हुने र विश्वासै नलाग्ने खालको लाग्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement