प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगे प्रचण्ड

प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगे प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन् ।

स्वास्थ्यमा समस्या आएर राति नै अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रचण्ड शुक्रबार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन् ।

गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा महत्त्वपूर्णबाहेकका भेटघाट बन्द गरेका थिए ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि राति नै प्रधानमन्त्री ओलीलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको उनकी निजी चिकित्सकले जानकारी दिएकी छन् ।