समाजवाद निर्माणमा क्युवाको भूमिका महत्वपूर्ण : अध्यक्ष प्रचण्ड


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्यायसहितको समृद्धि निर्माण गरेर समाजवादको नयाँ मोडल विश्वमा प्रस्तुत गर्ने प्रतिवद्धता जनाएका छन् ।

 शुक्रबार काठमाडौंमा सुरु भएको ‘एशिया प्यासिफिक कन्फरेन्स अफ सोलिडारिटी वीथ क्युवा’ काे दुई दिने सम्मेलनलाई सम्बोधन गर्दै उनले सो प्रतिवद्धता जनाएका हुन् ।

समाजवाद निर्माणमा क्युवाको कम्युनिष्टा पार्टीले खेलेको भूमिका महत्वपूर्ण भएको बताउँदै अध्यक्ष दाहालले क्यूवाले सर्वहारा वर्गको उत्थानका लागि लडेको लडाईं विश्वभरकै कम्युनिष्टहरुका लागि आदर्श बनिरहने दाबी गरे ।

उनले क्युवा कम्युनिष्टहरुको आदर्शभूमि भएको बताउँदै विश्वका कम्युनिष्टहरुले क्युवाबाटै सिकेर आफुहरुलाई अघि बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement