‘बरू पद छाडिन्छ, केपी ओली छाडिन्न’ भन्दै माओवादी केन्द्रको बैठकमा गएनन् यी नेता

‘बरू पद छाडिन्छ, केपी ओली छाडिन्न’ भन्दै माओवादी केन्द्रको बैठकमा गएनन् यी नेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ ।

सर्वोच्च अदालतको फैसलाले नेकपा खारेज भएसँगै एकीकरण पूर्वकै अवस्थामा पुगेपछि नेकपा माओवादी केन्द्रको यो पहिलो स्थायी समिति बैठक हो ।

बैठकमा अबका रणनीतिबारे छलफल हुने बताइएको छ । यस्तै, आजै पार्टी केन्द्रीय कार्यालयमा माओवादी केन्द्रको बोर्ड समेत राखिने भएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध मिसन चलाइरहेका माधवकुमार नेपालसहितका पूर्व एमाले नेताहरु सर्वाेच्च अदालतको फैसला मानेको भन्दै ओलीलाई नै अध्यक्ष मानेर एमालेमै फर्किएका छन् ।

नेपाल समूहले सर्वाेच्चले नेकपालाई खारेज गरी एमाले र माओवादी केन्द्र ब्यूताएसँगै आफ्नो सांसद पद जाला भनेर पूर्ववत पार्टीमा फर्कने निर्णय गरे । तर पाँच नेता यस्ता देखिए, जो पद होइन, नीति र नेतृत्वप्रतिको बिश्वासमा रहे ।

गृहमन्त्री रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साहलगायतका नेताहरुले जिल्लादेखि प्रदेश हुँदै केन्द्रसम्म कठिन समयमा केपी ओलीको समर्थनमा उभिने निर्णय गरेका छन् । ‘बरु पद छाडिन्छ, केपी ओली छाडिन्न,’ पाँचै नेताहरुको भनाई छ ।