काठमाण्डु – नेकपा (माओवादी केन्द्र समाजवादी) ले जनतासँग कम्युनिष्ट कार्यक्रम अन्तर्गत ‘कम्युनिष्ट सम्मेलन’को आयोजना गर्ने भएको छ ।कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादीले आज बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने जानकारी दिएको हो ।
वैज्ञानिक समाजवाद स्थापनाको लागि ऐतिहासिक कम्युनिस्ट सम्मेलनको आवश्यकता’ ‘क्रान्तिकारी कार्यदिशा, पार्टी, सत्ता र नेतृत्व निर्माणको लागि व्यापक जनसहभागिता’ भन्ने नारासहित समाजवादी कम्युनिष्ट सम्मेलनको आयोजना गर्न लागेको उक्त पार्टीले जनाएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष कर्णजित बुढाथोकीले कम्युनिष्टहरुको पहिलो पटक सम्मेलनको आयोजना गर्न लागिएको बताए । उनले कम्युनिष्ट सम्मेलन आयोजनाको लागि आयोजक समिति गठन गरिने र उक्त आयोजक समितिको संयोजक र सङ्ख्या निकट भविष्यमै सम्पूर्ण कम्युनिष्ट पार्टीहरूको बीचमा आपसी समझदारी कायम गरेर घोषणा गरिने उनले बताए ।
यसका साथै, उनले सम्मेलन सम्पन्न गर्न विभिन्न विभागहरू गठन गरिने पनि बताए । सम्मेलन आगामी २ वर्षभित्र गर्ने पनि उनले स्पष्ट पारे । नेकपा (एमाले) र नेपाली कांग्रेस, राप्रपालगायतको महाधिवेशन भर्खरै सकिएको भन्दै आफूहरूले नयाँ ढङ्गले कम्युनिष्टहरुको सम्मेलन गर्ने उनको भनाई थियो ।




प्रतिक्रिया