नेपालको राजनीति गम्भीर संकटमा फस्यो, अन्तिम युद्धको तयारीमा छौंः नेकपा माओवादी

नेपालको राजनीति गम्भीर संकटमा फस्यो, अन्तिम युद्धको तयारीमा छौंः नेकपा माओवादी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी माओवादीले सरकारका पछिल्ला गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार ‘अध्यक्ष कमरेड नेपाल’को हस्ताक्षरमा एक विज्ञप्ति जारी गर्दैै नेकपा माओवादीले ‘नेपालको राजनीति गम्भीर संकट’ मा फस्दै गएको उल्लेख गर्दै आफू अन्तिम युद्धको तयारीमा रहेको चेतावनी दिएको हो ।

स्थानीय स्तरदेखि केन्द्रसम्म भ्रष्टाचार र बेथिति बढेकाले त्यस्ता कार्यक्रममा संलग्न जनप्रतिनिधि तथा मन्त्रीलाई जनकारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ ।

‘हाम्रो पार्टीले यस्ता गतिविधिमा संलग्न मन्त्री या कर्मचारी जनप्रतिनिधिलाई जनकारबाही गर्नेछ । अन्तिम युद्ध बाँकी नै छ, यसर्थ सबै नेपाली जनतामा विशेष विशेष आह्वान गरिरहेका छौं,’ अध्यक्ष कमरेड नेपाल’द्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख ।