काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको बैठक बोलाउने तयारी भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीभित्रको विवाद समाधानका लागि केन्द्रीय समितिको बैठक आवश्यक रहेको निष्कर्ष निकालेको हो ।
प्रधानमन्त्री केपी शर्मा अोलीसँग अध्यक्ष प्रचण्ड र नेता नेपालबीचको बैठक निष्कर्षमा पुग्न नसकेको भन्दै दुवै समूहका नेताहरुले बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेका हुन् । बैठक सम्भवत भोलीको स्थायी कमिटीको बैठकले बोलाउने सम्भावना रहेको स्रोतले जानकारी दियो ।
स्थायी कमिटी सदस्यहरुले प्रधानन्त्रीको राजीनामा मागेपछि उत्पन्न भएको विवाद समाधानका लागि अध्यक्ष प्रचण्डसहित नेता नेपाल पनि आजको बैठकमा उपस्थित थिए । तर, बैठक कुनै निष्कर्षमा पुग्न सकेन । त्यस्तै आजको बैठकमा दुवै नेताले प्रधानमन्त्रीको राजीनामा मागेका थिए ।
उनीहरुले ‘तपाई प्रधानमन्त्रीबाट राजीनामा दिनूस’ भनेका थिए । प्रधानमन्त्रीले उक्त प्रसताव अस्वीकार गरेका थिए । आजको बैठकले पनि सहमतिको बिन्दु नखोजेपछि प्रचण्ड र नेपाल समूहका नेताहरुको छुट्टै बैठक खुमलटारमा बसेको थियो ।
त्यस्तै प्रधानमन्त्री अोलीले प्रचण्ड र नेतासँगको भेटपछि आफू पक्षका नेताहरुलाई बालुवाटार बोलाएका छन् । उनले बिहीबार साँझ नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेल, उपप्रधान एवं सचिवालय सदस्य ईश्वर पोखरेल र सांसदहरुलाई बालुवाटारमा बोलाएका थिए । प्रधानमन्त्रीले भोली बस्ने स्थायी कमिटी बैठकको तयारीबारे छलफल गरेका थिए ।




प्रतिक्रिया