काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दलाहाल प्रचण्डबीच सहमति खाेज्ने भन्दै साउन ४ गतेसम्मका लागि स्थगित भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक साउन ४ गतेको लागि सारिएको पुष्टि गरे । बिहान ११ बजेका लागि बोलाइएको आजको बैठक नेताहरुबीच सहमति खोज्ने भन्दै ३ बजेका लागि स्थगित गरिएको थियो ।
अहिले बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ ।
बिहीबार प्रधानमन्त्री ओली,प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । तीन नेताबीच अन्य विषयमा सहमति हुन नसके पनि स्थायी समिति बैठक नरोक्ने विषयमा सहमति भएको थियो ।
तीन नेताबीच आजको स्थायी समितिले केन्द्रीय कमिटी बैठकको निर्णय तोक्ने समेत सहमति भएको थियो । हिजाेको बैठकमा प्रधानमन्त्रीलाई राजीनामा दिन अध्यक्ष प्रचण्ड र नेता नेपालले आग्रह गरेका थिए ।




प्रतिक्रिया