नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साउन १३ गतेससम्मका लागि स्थगित भएको हो ।

बाढी-पहिरो पीडितको उद्धारका लागि खट्न साउन १३ गते सम्मको लागि बैठक स्थगित गरिएको नेकपाले जनाएको छ ।

१ बजे बस्ने बैठकको तयारीका लागि अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो । आजको बैठक केहीबेर बसेपछि स्थगित भएको थियो । आजको बैठकमा प्रधानमन्त्री अ‍ोली अनुपश्थित थिए ।

आन्तरिक किचलोका कारण स्थायी कमिटी बैठक असार १८ गते यता बस्न सकेको छैन । पछिल्लो पटक स्थगित हुँदै आएको बैठक ४ पटक स्थगित गरेर मंगलवारका लागि बोलाइएको हो । बैठक सुरु भएयता ७ पटक स्थगित भइसकेको छ ।