नेकपा स्थायी कमिटी बैठक फेरी स्थगित

नेकपा स्थायी कमिटी बैठक फेरी स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुन: स्थगित भएको छ । मंगलबारका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । आजको बैठक स्थगित गरेर दुवै अध्यक्ष छलफलमा जुटेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिए । उनले बैठक स्थगित गरे दुवै अध्यक्ष छलफलमा जुटेको जानकारी दिए ।

‘पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले पार्टी स्थायी कमिटीको बैठक स्थगित गरिएको छ’, उनले भने ।

गते असार १८ गतेबाट स्थागित हुँदै आएको नेकपा स्थायी कमिटी बैठक अझै बस्न सकेको छैन् । सदस्यहरुले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेपछि चुलिएको विवाद अझै सामय हुन सकेको छैन् ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच लामो समयदेखिको छलफल अझै निष्कर्षमा पुग्न नसक्दा बैठक स्थगित हुँदै आइरहेको छ ।

प्रधानमन्त्रीले दुवै पद नछोड्ने अडान लिएपछि अध्यक्ष प्रचण्ड र माधव नेपाल समूहका नेताहरुको छुट्टै बैठक सोमबार खुमलटारमा बसेको थियो । बैठकमा प्रधानमन्त्री ओलीलाई पेलेरै अगाडि बढ्ने सहमति गरे पनि आजको बैठक स्थगित भएको छ ।  लगातार बैठक स्थगित हुँदै आएपछि नेता/कार्यकर्ताहरुले आक्रोश पाेख्न थालेका छन् ।