स्थायी कमिटी बैठक छोडेर प्रधानमन्त्री भेट्न गए प्रचण्ड र खनाल

स्थायी कमिटी बैठक छोडेर प्रधानमन्त्री भेट्न गए प्रचण्ड र खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न पुगेका छन् ।

ओलीले स्थायी कमिटी बैठक एक पक्षीय रुपमा स्थगित गरेपछि दुवै नेता प्रधानमन्त्री निवास पुगेका हुन् ।

प्रधानमन्त्री ओली समूहका नेताहरुको अनुपस्थितिकाबीच बैठक सुचारु गरेका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीसँग बैठकका विषयमा छलफल गर्न गएका हुन् । अहिले तीन जना नेताहरुबीच बैठक जारी छ ।

बैठक बीचमै रोकेर प्रचण्ड र खनाल प्रधानमन्त्री ओलीलाई भेट्न गएका हुन् । अहिले स्थायी कमिटी बैठकमा ४४ मध्ये २५ जना स्थायी कमिटी सदस्यहरुको उपस्थिति रहेको छ ।