काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । शुक्रबार गठन गरिएको कार्यदललाई अनुमोदन गर्न बैठक बोलाइएको हो ।
अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलमा महासचिव विष्णु पौडेलको संयोजकत्वमा सदस्यहरु भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे रहेका छन् ।
वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल र प्रवक्ता श्रेष्ठले सचिवालय बैठक बस्नु पर्ने माग राखेका थिए ।




प्रतिक्रिया