नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (बुधबार) बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्ने जनाइएको छ ।

बैठकमा बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था, पार्टी एकीकरणका बाँकी कामको टुङ्गो र कोरोना भाइरसविरुद्ध पार्टी पंक्ति कसरी परिचालन गर्ने भन्ने विषयमा छलफल हुने नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

प्रधानमन्त्री तथा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मङ्गलबार भेटवार्तापछि बुधबार सचिवालय बैठक डाकिएको हो ।

प्रधानमन्त्री ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि पहिलोपटक बस्न लागेको सचिवालय बैठकलाई नेकपाका नेता कार्यकर्ताले महत्त्वका साथ हेरेका छन् ।