काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थगायी कमिटी बैठकमा १० जना नेताहरुले आफ्नो धारणा राखेका छन् । शुक्रबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ ।
आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल, मातृका यादव, घनश्याम भुसाल, देव गुरुङ, लिलामणी पोखरेल लगायतका १० जना नेताले आफ्ना धारणा राखेका छन् ।
त्यस्तै आजको बैठकमा कार्यकारी अध्यक्षको ठाउँसमेत परिवर्तन भएको छ । कार्यकारीसहित पार्टी सञ्चालनको भूमिका पाएका अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको बीचमा रहेका थिए ।
यसअघि प्रधानमन्त्री अोलीबीचमा बस्दै आएका थिए । तर, नयाँ सहमतिअनुसार प्रचण्डले पार्टीको पूरा अधिकार पाएका हुन् ।
आजको बैठकमा अध्यक्ष प्रचण्डको दाँयातिर प्रधानमन्त्री ओली र बरिष्ठ नेता झलनाथ खनाल छन् भने बाँयातिर बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम रहेका छन् ।




प्रतिक्रिया