नेकपा सचिवालय बैठक स्थगित

नेकपा सचिवालय बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक आइबारसम्मका लागि स्थगित भएको हो ।

शुक्रवार बिहान ११ बजे तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बोलाइएको सचिवालय बैठक आइतवार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘हाम्रो पार्टीको आज बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठक आज स्थगित भई पर्सि असोज ४ गते बिहान ११ बजे परिसडांडामा बस्ने तय भएको छ’, उनले भने ।