शनिबार नेकपा सचिवालय बैठक बस्दै

शनिबार नेकपा सचिवालय बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तापछि बैठक बोलाउने सहमति भएको हो ।

शनिबार ४ बजे बस्ने बैठकमा राजदूत नियुक्ती, मन्त्रिमण्डल पुर्नगठनका विषयमा छलफल हुने बताइएको छ । डा. युवराज खतिवडालाई अमेरिकाका लागि राजदूतमा नियुक्त गरेसँगै नेकपाभित्र नयाँ विवाद सिर्जना सुरु भएको छ ।

प्रधानमन्त्री ओलीले पार्टीभित्र आवश्यक छलफल नै नगरी खतिवडालाई राजदूत बनाएको विषयमा नेकपाका नेताले असन्तुष्टी जनाएका छन् ।