प्रधानमन्त्री कन्ट्र्याक्ट ट्रेसिङमा परेपछि नेकपा सचिवालय बैठक स्थगित

प्रधानमन्त्री कन्ट्र्याक्ट ट्रेसिङमा परेपछि नेकपा सचिवालय बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिश्चतकालसम्मका लागि स्थगित भएको छ । बालुवाटारमा कोरोना संक्रमण फैलिएपछि नेकपा सचिवालय बैठक स्थगित भएको हो ।

शनिबार प्रधानमन्त्री केपी शर्मा अ‍ोलीका सचिवालय सदस्य सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रधानमन्त्री ओली कन्ट्र्याक्ट ट्रेसिङमा परेपछि बैठक स्थगित गरिएको हो ।

मन्त्रिमण्डल पुर्नगठन, राजदूत नियुक्ती र पार्टी एकिकरणका विषयमा छलफल गर्न बोलाइएको बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ ।