काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक धुम्बाराहीमा सुरु भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनौपचारिक सचिवालय बैठक बोलाएका हुन् । बहुमत सदस्य रहेको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदमबारे छलफल हुनेछन् ।
प्रधानमन्त्री पक्षका नेताहरुले भने उक्त बैठक बहिस्कार गरेका छन् । ओली पक्षले उक्त बैठकलाई गुटगत भेला भनेको छ ।
बैठकमा अध्यक्ष प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ सहभागी छन् ।




प्रतिक्रिया