ओलीलाई बैठक बोलाउन दबाब दिने बहुमत सचिवालय सदस्यको निर्णय

ओलीलाई बैठक बोलाउन दबाब दिने बहुमत सचिवालय सदस्यको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बोलाउन दबाब दिने निर्णय गरेको छ ।

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बहुमत सचिवालय सदस्यहरुको बैठकले प्रधानमन्त्रीलाई पार्टी एकता कायम राख्न आग्रह गर्ने निर्णय गरेको हो ।

नेकपा प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औपचारिक बैठक बोलाउन सक्ने भए पनि सहमतिका आधारमा बैठक बोलाउन उयुक्त हुने निष्कर्ष निकालिएको जानकारी दिए ।

‘भोली अध्यक्ष अ‍ोलीलाई सहमतिका आधारमा बैठक बस्न अनुरोध गर्ने, सामूहिक रुपमा सकारात्मक रुपमा अगाडि बढ्न पार्टीलाई एकताबद्ध गराउनका लागि छिटोभन्दा छिटो गर्न अनुरोध गरिनेछ’, प्रवक्ता श्रेष्ठले भने ।