धुम्बाराहीमा बहुमत सचिवालय सदस्यको बैठक सुरु, बादल अनुपस्थित

धुम्बाराहीमा बहुमत सचिवालय सदस्यको बैठक सुरु, बादल अनुपस्थित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरुको भेला धुम्बाराहीमा सुरु भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पाँच जना सचिवालय सदस्यहरुको भेला सुरु भएको हो ।

आजको भेलामा अध्यक्ष प्रचण्डसहित, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष वामदेव गौतम सहभागी छन् ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन गर्न, पार्टीलाई सामूहिक ढंगमा सञ्चालन गर्न र बैठक बोलाउन माग गर्दै बहुमत सचिवालय सदस्यले दबाब दिने तयारी गरेका छन् ।

सबै सचिवालय सदस्यहरुलाई निमन्त्रण गरे पनि ओली समूहका तीन जना नेता अनुपश्चित छन् । अध्यक्ष प्रचण्ड निकट मानिएका रामबहादुर थापा बादलले उक्त अनौपचारिक भेलालाई बहिस्कार गरेका छन् ।

स्रोतकाअनुसार धुम्बाराहीमा सामूहिक बैठक बसिरहँदा बादल भने बालुवाटारमा प्रधानमन्त्रीसँग छलफलमा रहेका छन् ।

शुक्रबार पनि अनौपचारिक सचिवालय सदस्यहरुको बैठक बसेको थियो । बैठकले प्रधानमन्त्रीलाई बैठक बोलाउन दबाब दिनेलगायतका निर्णय गरेको थियो ।