बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । शुक्रबार बिहान ११ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

बैठकमा सात वटा एजेन्डामा छलफल हुनेछ । यसअघि बुधवार बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए । बैठकमा अध्यक्ष ओलीले पार्टीबाट सरकारलाई सहयोग नगरेकोमा गुनासो पोखेका थिए । त्यस्तै अध्यक्ष प्रचण्डले पनि सरकारले जनताले अपेक्षा गरेअनुसार काम गर्न नसकेको बताएका थिए ।

आजको बैठकमा स्थायी समिति सदस्यहरुले धारणा राख्दैछन् । सरकारको नियमित काम कारवाहीको समिक्षा, राष्ट्रियताको सवाल, पार्टी पद्धती तथा एकताको बाँकी कार्यभार लगायतका विभिन्न एजेण्डामा आजदेखि छलफल हुनेछ ।

बैठकमा नागरिकता विद्येयकमा देखिएको विवाद, अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), निजामति कर्मचारी विधेयक, रुकुमको सोती घटना, स्वास्थ्य सामाग्री खरिद प्रक्रीयामा भएको भनिएको अनियमितता लगायतका विषयमा समेत छलफल हुँदैछ ।