बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक धुम्बाराहीमा सुरु

बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक धुम्बाराहीमा सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पार्टीको बैठक बोलाउन अस्वीकार गरेको अवस्थामा बहुमत सचिवालय सदस्यहरु एक भएका हुन् ।

सचिवालय सदस्यहरु अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच दिउँसो चार बजे पार्टी कार्यालयमा अनौपचारिक बैठक बसेको हो ।

शनिबार प्रधानमन्त्री ओलीलाई ४८ घण्टाभित्र बैठक बोलाउन दिएको अल्टिमेटम सकिएसँगै सचिवालय सदस्यहरु पुनः सक्रिय भएका हुन् । आजको बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध कसरी अगाडि भन्ने विषयमा छलफल हुने स्रोतले जानकारी दियो ।

मंगलबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रधानमन्त्री ओलीको सन्देश लिएर अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । सोमबार पनि महासचिव विष्णु पौडेलले प्रधानमन्त्रीको सन्देश लिएर अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।