नेकपा सचिवालय बैठक मंसिर ३ गते बस्ने, प्रचण्डले पेश गरे राजनीतिक प्रतिवेदन

नेकपा सचिवालय बैठक मंसिर ३ गते बस्ने, प्रचण्डले पेश गरे राजनीतिक प्रतिवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंसिर ३ गते बस्नेगरी सम्पन्न भएको छ । बालुवाटारमा करिब ४ः३० बजेबाट सुरु भएको बैठक ४० मिनेट बसेर स्थगित भएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन पेश गरेको जानकारी दिए ।

अध्यक्ष प्रचण्डले बहुमत सचिवालय सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकका लागि बुझाएको पत्र र प्रधानमन्त्री ले दिएको जवाफको पत्रलाई समेटेर तयार पारेको प्रतिवेदन पेश गरेका हुन् ।

पार्टीमा उत्पन्न संकट, समस्या रु त्यसको समाधानलाई कार्यविधि बनाएर छलफल गर्ने निष्कर्ष निकालेको जानकारी दिए । आजको बैठकले स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन, कर्णाली विवाद, रौतहट घटना, कोरोना भाइरस रोकथाम, नियन्त्रण र त्यसले निम्त्याएको आर्थिक संकट र पार्टी र सरकारबारे उठिरहेको विषयमा छलफल गर्ने कार्यसूची तय गरिएको छ ।

‘सचिवालयका पाँच सदस्यले सहमतिमा बैठक गर्न आग्रह गरेको पत्र । त्यसको जवाफमा अध्यक्ष ओलीले प्रचण्डलाई लेखेको पत्र । त्यसको जवाफमा प्रचण्डले पठाएको पत्र । पार्टीको संकट निवारणका लागि प्रचण्डले तयार पारेको प्रस्ताव र स्थायी कमिटी बैठक पछाडि जारी गरिएको अन्तरपार्टी निर्देशिका सचिवालयका साथीहरुलाई अध्ययनका लागि बुझाइएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘यी सबै सामग्रीको गम्भीर र समग्रतामा अध्ययनपछि पार्टीलाई एकताको बाटोमा अगाडि बढाउनु उपयुक्त हुन्छ भन्ने धारणाका साथ पुनः सचिवालय बैठक मंसिर ३ गते १ बजे बस्ने गरी आजको बैठक सम्पन्न भएको छ ।’

प्रवक्ता श्रेष्ठले नेकपाभित्र विदेशी शक्तिहरुको प्रवेश हुने अवस्था नरहेको जानकारी दिए ।

पार्टीभित्रका विवाद आन्तरिक विषय हुन त्यसलाई कुनै विदेशी शक्तिहरुलाई प्रवेश गराएर प्रवेश हुने अवस्था हाम्रो पार्टीमा छैन्’, उनले भने ।

आन्तरिक सहमतिका साथ गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकको कार्यादेशबमोजिम सरकार र पार्टीका कामलाई प्रभावकारीरुपमा सञ्चालन गर्ने सङ्कल्प गरिए पनि नेकपामा पुनः विवाद बल्झिएको हो । गत असोज ४ गतेको सचिवालय बैठकमा सङ्घीय मन्त्रिपरिषद्का मन्त्रीहरुको हेरफेरका नीतिगत आधारबारे छलफल भएको थियो ।

सोही बैठकले एकताका बाँकी कामलाई पूर्णता दिन अध्यक्ष ओली र अध्यक्ष दाहालले १० दिनभित्र गृहकार्य गरी सचिवालयमा पेश गर्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । गत स्थायी कमिटीको बैठकमा अध्यक्षद्वयबीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन परिमार्जनसहित प्रस्तुत र पारित भएपछि विवाद टुङ्गिएको थियो ।

सो स्थायी कमिटीको बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओली सरकारका काममा केन्द्रित हुने र अध्यक्ष दाहाल पार्टी काममा केन्द्रित भई कार्यकारी अध्यक्षको भूमिकामा रहने कार्यविभाजनको प्रस्ताव पारित गरेको थियो ।

नेकपाले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने तथा सोको तयारीका लागि आगामी कात्र्तिक १५ देखि १७ सम्म केन्द्रीय कमिटीको बैठक तय गरेकामा आगामी मङ्सिर १५ गतेका लागि केन्द्रीय कमिटीको बैठक सारिएको छ ।