काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि बैठक सुरु भएको हो ।
बैठकमा पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा अोली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, रामबहादुर थापा बादल र ईश्वर पोखरेल सहभागी छन् ।
बैठकमा पार्टीभित्र देखिएको विवाद, अघिल्लो सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन, स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयनलगायतका विषयमा छलफल हुनेछ ।




प्रतिक्रिया