१३ गते बस्ने गरी नेकपा सचिवालय बैठक सम्पन्न

१३ गते बस्ने गरी नेकपा सचिवालय बैठक सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक एक घण्टा बसेर सकिएको छ । बैठक पुनः १० दिनपछि अर्थात मंसिर १३ गते बस्नेगरी स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा अ‍ोली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडे, रामबहादुर थापा बादल र ईश्वर पोखरेल सहभागी थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को प्रस्ताव प्रस्तुत गर्ने भएका छन् । ओलीको प्रस्तावबारे १३ गते बस्ने सचिवालयको बैठकमा छलफलमा हुने उनले जानकारी दिए । बैठकमा पार्टीको संकट र निवरण सम्बन्धमा ओलीले प्रस्तुत गर्ने प्रस्तावबारे छलफल गर्ने कार्यक्रम तय भएको छ ।