नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको गत कात्तिक २८ गतेको बैठकमा आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ पेश गर्ने र त्यसमै छलफल हुने कार्यक्रम रहेको प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

अध्यक्ष ‘प्रचण्ड’ ले आरोपपत्रको आदानप्रदान तथा तल्लो कमिटीमा वितरण गरिएकाले पार्टी विभाजनमा जान सक्ने त होइन भन्ने प्रश्न उत्पन्न भइरहेका बेला आज बस्ने सचिवालय बैठक र प्रधानमन्त्रीको जवाफलाई चासोका साथ हेरिएको छ ।