बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु, प्रचण्डले लिखित जवाफ दिने

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु, प्रचण्डले लिखित जवाफ दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

आजको बैठकमा गत मंसिर १३ गते बसेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले पेश गरेको ३८ पृष्ठ लामो प्रतिवेदनबारे जवाफ दिनेछन् ।

उक्त प्रस्तावमा ओलीले उठाएका विषयबारे प्रचण्डले पनि लिखित रुपमा नै जवाफ दिन अर्को पूरक प्रतिवेदनको तयारी गरेका हुन् ।

नेकपामा पद बाँडफाँडका विषयमा दुवै अध्यक्षबीच लामो समयदेखी जारी विवाद अन्त्य हुन सकेको छैन् । मंसिर १३ गतेको सचिवालय बैठकमा प्रधानमन्त्रीले ल्याएको प्रतिवेदन पार्टीको समस्या समाधान गर्नेमा केन्द्रीत हुनेमा भन्दा पनि आरोप–प्रत्यारोप गर्नमा मात्रै केन्द्रीत भएको भन्दै नेताहरुले असन्तुष्टी जनाइरहेका छन् ।