काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।
शुक्रबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री उपस्थित हुन नसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले सरकारका काममा व्यस्त भएका कारण प्रधानमन्त्री बैठकमा अनुपस्थित रहेको बताए । प्रधानमन्त्र िबैठकमा अनुपस्थित रहेपछि अर्का अध्यक्ष प्रचण्डले बैठकको अध्यक्षता गरिरहेका छन् ।
बैठकमा सात वटा एजेन्डामा छलफल हुनेछ । यसअघि बुधवार बसेको बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए । बैठकमा अध्यक्ष ओलीले पार्टीबाट सरकारलाई सहयोग नगरेकोमा गुनासो पोखेका थिए । त्यस्तै अध्यक्ष प्रचण्डले पनि सरकारले जनताले अपेक्षा गरेअनुसार काम गर्न नसकेको बताएका थिए ।
आजको बैठकमा स्थायी समिति सदस्यहरुले धारणा राखिरहेका छन् । सरकारको नियमित काम कारवाहीको समिक्षा, राष्ट्रियताको सवाल, पार्टी पद्धती तथा एकताको बाँकी कार्यभार लगायतका विभिन्न एजेण्डामा आजदेखि छलफल हुनेछ ।
बैठकमा नागरिकता विद्येयकमा देखिएको विवाद, अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), निजामति कर्मचारी विधेयक, रुकुमको सोती घटना, स्वास्थ्य सामाग्री खरिद प्रक्रीयामा भएको भनिएको अनियमितता लगायतका विषयमा समेत छलफल हुँदैछ ।




प्रतिक्रिया