काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । आजको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोली अनुपस्थित छन् । प्रधानमन्त्री अोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केहीबेरअघि भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि चर्किएको नेकपाको विवाद थप उत्कर्षमा पुगेको हो । प्रधानमन्त्री अोलीले बुधबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमार्फत अध्यक्ष प्रचण्डलाई बैठक स्थगित गर्न आग्रह गरेका थिए ।




प्रतिक्रिया