नेकपाको स्थायी कमिटी बैठक सुरु, नेताहरुको आसन परिवर्तन

नेकपाको स्थायी कमिटी बैठक सुरु, नेताहरुको आसन परिवर्तन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको बैठकमा स्थायी समिति सदस्यरुले आफ्ना धारणा राख्ने क्रम जारी छ । आजको बैठकमा सरकारका कामकारबाही र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणबारे छलफल हुनेछ ।

त्यस्तै आजको स्थायी समितिको बैठकमा नेताहरुको आसन परिवर्तन गरिएको छ । आजको बैठकमा सबै नेताहरुलाई फ्लोरमा राखिएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

यसअघिका बैठकमा बालुवाटारको हलभित्र स्थायी समिति सदस्यहरू तल र दुई अध्यक्षसहित सचिवालय सदस्यहरु स्टेजमा बस्दै आएका थिए । तर, नेताहरुबीचको विरोधका कारण आसन परिवर्तन गरिएको हो ।

आजको बैठकमा नेताहरुलाई वरिष्ठताक्रमअनुसार राखिएको छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम बैठक हलको अगाडि राखिएको छ ।

त्यस्तै सचिवालय सदस्यहरू नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेल स्थायी समिति सदस्यहरूसँगै बसेका छन् ।