प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ ।

शुक्रबार ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आजको बैठक बिहीबार बसेको स्थायी कमिटी बैठकको निरन्तरता भएको बताइएको छ ।

संसद विघटनपछि सडक संघर्ष गरिरहेको प्रचण्ड नेपाल समूहले पार्टीका पछिल्ला गतिविधि, संसद विघटनपछि तोकिएको निर्वाचनका विषयमा छलफल गर्ने बताइएको छ ।

कांग्रेससँग मिलेर संयुक्त आन्दोलनमा जाने बताइएपनि कांग्रेसले अस्वीकार गर्दै आएको छ । नेकपाको नाम र चुनाव चिन्हबारे अहिले विवाद निर्वाचन आयोगमा जारी छ ।