काठमाण्डु – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।
११ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी बालुवाटारमा सुरु भएको हो । बैठक पार्टी एकतामा केन्द्रीत हुने बताइएको छ । आजको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन् ।
बैठकमा माधव नेपाल पक्ष उनुपस्थित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाललाई फोन गरेर बैठकमा सहभागी हुन आग्रह गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको विवाद समाधान गर्न पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेका छन् । त्यस्तै महाधिवेशन आयोजक कमिटीसमेत भंग गरिएको छ ।




प्रतिक्रिया