ओलीलाई प्रचण्ड र झलनाथको प्रश्नः सरकार ढाल्ने कुरा ख्याल ठट्टाको विषय हो ?

ओलीलाई प्रचण्ड र झलनाथको प्रश्नः सरकार ढाल्ने कुरा ख्याल ठट्टाको विषय हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले दिएको अभिव्यक्तिबारे स्पष्ट पार्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सदस्यहरुले माग गरेका छन् । प्रधानमन्त्री ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्सा सार्वजनिक भएपछि आफूलाई प्रधानमन्त्रीबाट हटाउन दिल्लीबाट सुरु भएको बताएका थिए ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र बामदेव गौतमले नेताहरुले बैठकमा प्रधानमन्त्रीलाई सरकार ढाल्न दुतावास सक्रिय भएको भन्ने वास्तविकता के हो ? भन्दै प्रश्न गरेका थिए । उनीहरुले यसबारे प्रधानमन्त्री स्थायी कमिटी बैठकमा जवाफ दिनुपर्ने बताएका थिए ।

उनीहरुले सरकार ढाल्ने कुरा चानचुने नभएको भन्दै यसबारे गम्भीर छलफल हुनुपर्ने बताएका थिए । उनीहरुले प्रधानमन्त्रीले प्रमाण पेश गर्नुपर्ने माग गरेका थिए ।

‘प्रधानमन्त्रीलाई हटाउन विदेशी दूतावास र नेपालकै नेताले पनि चलखेल गरेको भन्ने आरोपको आधार के हो ? सरकार ढाल्ने कुरा ख्याल ठट्टाको विषय हो ? यसमा गम्भीर रूपमा छलफल हुनुपर्छ । प्रधानमन्त्रीले जानकारी दिनुपर्छ’, एक स्थायी कमिटी सदस्यले भने ।

बैठकमा तीनजनाले आफ्ना धारणा राखेपछि प्रधानमन्त्री बाहिरिएका थिए ।